जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै

सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै

बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई विस्तृत लेखापरीक्षण ‘डिडिए’ गर्न निर्देशन दिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा (२७) अनुसार डिडिए गर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सुशासन निर्देशिका अनुसार बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा आफ्नो विस्तृत लेखापरिक्षण ‘डिडिए’ गराउनु पर्ने व्यवस्था छ । अवदेखि सम्पुर्ण कम्पनीहरुले प्रत्येक ५/५ वर्षमा डिडिए गर्नै पर्ने हुन्छ । कम्पनीको वित्तीय अवस्था के कस्तो छ भन्ने थाहा पाउनका लागि पनि यसलाई अनिवार्य गरिएको पौडेलले जानकारी दिए ।

समितिले लेखापरिक्षकहरुलाई विस्तृत लेखापरिक्षणको ‘टिओआर’ तयार पार्न लगाएको छ । लेखापरिक्षकले मापदण्ड तयार पार्ने वित्तीकै कम्पनीहरुले सोहि अनुसार निश्चित अवधिमा डिडिए प्रतिवेदन बुझाउनु पर्नेछ । यसका लागि समितिले समय दिनेछ ।

पछिल्लो समय जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेका छन् । यस अवधिमा कम्पनीको वित्तीय जोखिम के के छन् भन्ने थाहा पाउनका लागि पनि डिडिएलाई अनिवार्य गरिएको समितिको राय छ । कम्पनीको व्यवसाय, लगानी तथा सम्पत्तीको वास्तविक जोखिम के कस्तो रहेको छ भन्ने थाहा पाउन र आवस्यकताका आधारमा थप नीति नियम बनाउन पनि यसले ‍मद्दत गर्नेछ । अर्को तर्फ कम्पनी आफैले पनि आफ्नो वित्तीय अवस्था थाहा पाउने भएकाले सुधारका रणनीति अख्तियार गर्न सक्ने छ ।

बीमा जोखिमको व्यवसाय हो । वास्तविक जोखिम के कस्तो रहेको छ भन्ने थाहा पाउनका लागि पनि डिडिए अनिवार्य हुन्छ । प्रमुख कार्यकारी अधिकृतको कार्यावधी ४ वर्षको हुन्छ । उसले आफ्नो कार्यकाल सफल देखाउन कम्पनीलाई दिर्घकालिन असर गर्ने रणनीति लिएका हुन्छन् तर वास्तविक रुपमा डिडिए नगर्दा उनिहरु उम्किने गरेका छन् । यसरी ५/५ वर्षमा डिडिए गराउदा मनलाग्दी गर्ने सिइओलाई पनि नियन्त्रण गर्नेछ ।

समितिले डिडिए गर्न निर्देशन दिए सँगै बजारमा समितिले मर्जरका लागि दवाव दिन लागेको भन्दै हल्ला चलाइएको छ । समितिले मर्जरका लागि नभइ कम्पनीको वास्तविक वित्तीय अवस्था थाहा पाउनका लागि डिडिए गर्न थालिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

3550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका