जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बीमा कम्पनीका अभिकर्ताहरुको डरलाग्दो कमाई, १ वर्षमा ५७ करोड ५५ लाख कमिशन, राज्यलाई कर कतिः बीमा समिति बेखबर !

बीमा कम्पनीका अभिकर्ताहरुको डरलाग्दो कमाई, १ वर्षमा ५७ करोड ५५ लाख कमिशन, राज्यलाई कर कतिः बीमा समिति बेखबर !

नेपालमा सञ्चालनमा रहेका २० वटा निजीवन बीमा कम्पनीहरुले १ वर्षमा करिब÷करिब ५८ करोड कमिशन आ–आफ्ना अभिकर्ताहरुलाई दिएको भेटिएको छ ।

गतवर्षभन्दा करिब÷करिब ७ करोड बढि यि निर्जिवन बीमा कम्पनीहरुले आ–आफ्ना अभिकर्ताहरुलाई यस वर्ष दिएको उनीहरुकै वित्तिय विवरणबाट प्रस्ट देखिन्छ । भन्दा फरक पर्दैन । २० निजिवन बीमा कम्पनीहरु मध्ये अभिकर्ताहरुलाई सबैभन्दा बढि कमिशन दिने एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ भन्दा फरक पर्दैन । सबैभन्दा कम सधैं विवादमा फस्दै आएको ४÷५ वर्षदेखि कम्पनीको अडिट समेत गर्न नसकेको राष्ट्रिय बीमा कम्पनीले अभिकर्ताहरुलाई कमिशन दिएको भेटिएको छ ।

यति धेरै कमिशन लिने लाखौ अभिकर्ताहरुले राज्यलाई आफ्नो व्यक्तिगत प्यानबाट कति राजश्व तिरेका छन् । यो चाहि खोजीको विषय अब बनेको छ । निजीवन बीमा कम्पनीहरुको वासलात स्वीकृती गर्ने नियमनकारी निकाय बीमा समितिले यस बारेमा हेक्का राख्नु जरुरी देखिन्छ । कमाई अनुसारको कर राज्यलाई तिर्ने दायित्व सबै नेपालीको हो त्यसकारण १ वर्षमा करोडौं बुझ्नेले कति राज्यलाई कर बुझाएका छन् । यो चाहि चर्चा र चासोको विषय बनेको छ भन्दा फरक पर्दैन ।

हेरौ कुन निजीवन बीमा कम्पनीले कति दिए त एजेन्टहरुलाई कमिशन ?

निर्जीवन बीमा कम्पनीका अभिकर्ताले अधिकतम ५ प्रतिशत कमिसन लिने गरेको भेटिएको छ ।
उदाहरणका लागि अभिकर्ताले एक वर्षे बीमा अवधि भएको एक लाख रुपैयाँ बराबरको बीमालेख बिक्री गर्छ भने कम्पनीद्धारा उत्त बीमालेखको वार्षिक प्रिमियम ५ हजार निर्धारण गरिन्छ । यसो हुँदा अभिकर्ताले कमिसन वापत प्रिमियमको ५ प्रतिशत अर्थात २ सय ५० रुपैयाँ पाउने देखिन्छ ।

प्रुडेन्सियल इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ५ करोड ८७ लाख रुपैयाँ दिएको भेटिएको छ । जुन अघिल्लो आवको तुलनामा ८५.३२ प्रतिशत अर्थात २ करोड ७० लाख रुपैयाँले बढी देखिन्छ ।

सानिमा जनरल इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड २८ लाख रुपैयाँ दिएको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा ६६.१४ प्रतिशत अर्थात ५१ लाख रुपैयाँले बढी हो । भन्दा फरक पर्दैन ।

अजोड इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ४ करोड ५ लाख रुपैयाँ दिएको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा ४४.६२ प्रतिशत अर्थात १ करोड २५ लाख रुपैयाँले बढी हो ।

हिमालयन जनरल इन्स्योरेन्स ः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.५९ प्रतिशत अर्थात ३२ लाख रुपैयाँले बढी हो । भन्दा फरक पर्दैन ।

नेको इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ५ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.०५ प्रतिशत अर्थात ९१ लाख रुपैयाँले बढी हो ।

एनएलजी इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ६ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.९४ प्रतिशत अर्थात ८४ लाख रुपैयाँले बढी हो ।

आईएमई जनरल इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.२५ प्रतिशत अर्थात ४८ लाख रुपैयाँले बढी हो ।

एभरेष्ट इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.७१ प्रतिशत अर्थात २४ लाख रुपैयाँले बढी हो ।

युनाइटेड इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.०६ प्रतिशत अर्थात २५ लाख रुपैयाँले बढी हो । भन्दा फरक पर्दैन ।

लुम्बिनी जनरल इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५० प्रतिशत अर्थात ३८ लाख रुपैयाँले बढी देखिन्छ ।

सगरमाथा इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ४ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.२९ प्रतिशत अर्थात ५२ लाख रुपैयाँले बढी देखिन्छ ।

नेपाल इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत अर्थात १३ लाख रुपैयाँले बढी हो । भन्दा फरक पर्दैन ।

राष्ट्रिय बीमा कम्पनीः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ७५ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.२६ प्रतिशत अर्थात ३ लाख रुपैयाँले बढी हो ।

शिखर इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.२२ प्रतिशत अर्थात ५ लाख रुपैयाँले बढी हो । भन्दा फरक पर्दैन ।

जनरल इन्स्योरेन्स नेपालः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत अर्थात ६० हजार रुपैयाँले बढी हो ।

सिद्धार्थ इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.१८ प्रतिशत अर्थात ५४ लाख रुपैयाँले कम देखिन्छ ।

प्रिमियर इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.१७ प्रतिशत अर्थात ४५ लाख रुपैयाँले कम हो । भन्दा फरक पर्दैन ।

प्रभु इन्स्योरेन्सः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.३५ प्रतिशत अर्थात ६८ लाख रुपैयाँले कम हो । भन्दा फरक पर्दैन । सचेत भया ।

7195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका