जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामै संकलन गरे ३ अर्ब १९ करोड बीमा शुल्क

निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामै संकलन गरे ३ अर्ब १९ करोड बीमा शुल्क

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा ३ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । राष्ट्रिय बीमा कम्पनी बाहेक १९ वटा निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको प्रमुख आम्दानी बीमा शुल्क हो । आर्जित बीमा शुल्कबाटै पुनर्बीमा गर्ने, दाबी भुक्तानी तिर्ने तथा बाँकी रहेको रकमलाई व्यवस्थापन गरेर मुनाफा आर्जन गर्छन् । कम्पनीको व्यवसायिक अवस्था कम्पनीहरुले आर्जन गर्ने बीमा शुल्कबाट थाहा हुने भएकाले यसलाई महत्वका साथ हेरिन्छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथाले ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा रहेको नेकोले २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

चौथो नम्बरमा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पाँचौ स्थानमा रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै बाँकी कम्पनीहरुले क्रमश प्रिमियर इन्स्योरेन्स कम्पनीले २२ करोड, एनएलजी २० करोड, दि ओरियण्टल १७ करोड, युनाइटेड १५ करोड, प्रभु १३ करोड, आइएमई जनरल १३ करोड, नेशनल इन्स्योरेन्स १२ करोड, प्रुडेन्सियल १२ करोड, अजोड १२ करोड, नेपाल इन्स्योरेन्स ११ करोड , एभरेष्ट ११ करोड, लुम्बिनी १० करोड, जनरल ७ करोड र सानिमा ६ करोड  रुपैयाँ  बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यो तथ्याङ्क बीमा समितिले उपलब्ध गराएको आधारमा तयार पारिएको हो ।

7410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?