जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकृत

लक्ष्मी बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकृत

लक्ष्मी बैंकले डिबेन्चर २०८८ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरेको छ। बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत गराएको हो।

ऋणपत्रको ब्याज दर ८.५ प्रतिशत छ। यो ऋणपत्र २०८८ सालमा परिपक्व हुन्छ। 

सूचीकरणपछि ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिने छ। 

ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन्।

6895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका