जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न

सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न

सिन्धु विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारण सभा होटल सम्पन्न भएको छ । बैंकको सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो । उक्त साधारण सभाले आ.ब. ०७८/०७९ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक शेयरधनिको तर्फबाट आगामी ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन ।

सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा शाखा कार्यालयहरु छन् ।

त्यस्तै १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

2075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका