जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।

बैंकका लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश गरेर १३ प्रतिशत प्रतिफल पाउनेछन्। बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित ९.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि लगानीकर्ताले प्रतिफल पाउनेछन्।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका