जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नाराबाजीकैबीच प्रतिनिधिसभामा अर्थमन्त्रीले पेश गरेको विनियोजन विधेयकमाथिको प्रस्ताव पारित

नाराबाजीकैबीच प्रतिनिधिसभामा अर्थमन्त्रीले पेश गरेको विनियोजन विधेयकमाथिको प्रस्ताव पारित

प्रतिनिधिसभाको सोमबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयकमाथिको प्रस्ताव पारित गरेको छ।

नेकपा एमालेको अवरोधका बीच सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु भएसँगै एमलेले विरोध सुरु गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले सभामुख विरुद्ध आक्रोश व्यक्त गरिरहेको छ। सभामुखले एमालेले कारवाही गरेका १४ जना सांसदको सूचना सार्वजनिक नगरेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

बिहीबार अर्थमन्त्री शर्माले एमालेको चर्को विरोधका बावजुद सदनमा विनियोजन विधेयक प्रस्तुत गरेका थिए

4650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका