जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंकले बोलायो २३औं बार्षिक साधारण सभा

माछापुच्छ्रे बैंकले बोलायो २३औं बार्षिक साधारण सभा

माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हिजो नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस शेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैया ७६ पैसा कायम गरेको थियो । वैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैया संचित छ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेको छन् । 

4505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका