जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रिलायबलले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियममा आइपिओ निष्काशन गर्दै, जगेडा कोषमा ६७ करोड २० लाख रुपैयाँ जम्मा हुने

रिलायबलले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियममा आइपिओ निष्काशन गर्दै, जगेडा कोषमा ६७ करोड २० लाख रुपैयाँ जम्मा हुने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित २१२ रुपैयाँमा प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

रिलायबलले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँमा प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आफ्नो नेटवर्थको दुई गुणामा प्राथमिक शेयर जारी गर्ने भएको हो । कम्पनीको नेटवर्थ १०६ रुपैयाँ रहेको छ । कम्पनीले प्रति कित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । हालसम्म कुनै पनि बीमा कम्पनीहरुले प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेका छैनन् । तर रिलायबलले पहिलो पटक यस्तो अभ्यास गरेको हो । रिलायबल सहित अन्य बीमा कम्पनीहरुले पनि प्रिमियमा प्राथमिक शेयर निष्काशनको तयारी गरिरहेका छन् ।

प्राथमिक शेयर निष्काशनक पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नुका साथै जगेडा कोषमा पनि थप ६७ करोड २० लाख रुपैयाँ जम्मा हुनेछ । यसरी प्रिमियम बापतको रकमलाई नगद लाभांसको रुपमा वितरण गर्न पाइदैन । त्यसैले गर्दा कम्पनीको बोनस शेयर वितरण गर्ने क्षमता पनि बढेको छ । यसरी प्रिमियमा शेयर निष्काशन गर्दा अवको एक दुई वर्षमै हकप्रद शेयर निष्काशन गर्नु पर्ने बाध्यता रहने छैन ।

कम्पनीको लाभांस वितरण गर्न सक्ने क्षमता बढ्ने वित्तीकै दोस्रो बजारमा पनि कम्पनीले राम्रो मूल्य तय गर्न सक्नेछ । प्रिमियम बापतको सो रकम मुनाफाबाट आर्जन गर्न दुई तीन वर्ष लाग्छ । तर कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा खेरी नै उक्त रकम प्राप्त गर्नेछ । कम्पनीको जगेडा कोषमा ८२ करोड रुपैयाँ छ । प्रिमियमको रकम थपिदा जगेडा कोष  एक अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ । सोहि रकमबाट बोनस शेयर दिन कम्पनीलाई समस्या पर्ने छैन।

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?