जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा बैंकको शाखा ललितपुरको ढोलाहिटीमा

सानिमा बैंकको शाखा ललितपुरको ढोलाहिटीमा

सानिमा बैंक Sanima Bank Limited  ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् । 

 मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्। त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्।

बैंकले आज सोमबार कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा उद्घाटन गरेको उल्लेख गरेको छ  । बैंकले सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गरिरहेको छ । 

4685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका