सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत के.सी.नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।