जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा ३ सदस्यीय छानबिन समिति गठन

समाचार

राष्ट्र बैंकद्वारा ३ सदस्यीय छानबिन समिति गठन

डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा

राष्ट्र बैंकद्वारा ३ सदस्यीय छानबिन समिति गठन

नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा  छानबिन गर्नका लागि ३ सदस्यीय समिति गठन गरेको छ । सोमबार बिहान बसेको राष्ट्र र्बैंकको सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यमा सुवोध कर्ण र रामजी रेग्मी छन् । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् ।

समितिलाई छानबिन गर्नका लागि १ महिनाको समय दिइएको छ । एक महिनाभित्रमा समितिले छानबिन प्रतिवेदन सञ्चालक समितिमा पेश गर्नेछ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर श्रेष्ठले वित्तीय स्थायित्वमा खलल पार्ने काम गरेको, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उनीविरुद्ध विभिन्न उजुरीहरु परेको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भूमिका खेलेको लगायतका आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई श्रेष्ठसँग प्रष्टिकरण सोध्न निर्देशन दिएको थियो ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका