जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • यती एयरलाइन्सले ल्यायो दशैंतिहारलक्षित उपहार योजना

यती एयरलाइन्सले ल्यायो दशैंतिहारलक्षित उपहार योजना

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले दशैंलक्षित आकर्षक योजना सार्वजनिक गरेको छ।

कम्पनीले दशैं, तिहार र छठ पर्वलक्षित ‘धमाकेदार दशैं तिहार स्कुटर देखि हिरा उपाहार’ योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।

कम्पनीका अनुसार पहिलो विजेताले यामाहाको फेसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र तेस्रो हुनेले हिराको टप जित्न सक्ने छन्।

असोज २१ देखि कार्तिक २४ गतेसम्म कम्पनीको उडान सेवा लिने ग्राहकमा योजना लागू हुने जनाइएको छ। कम्पनीको योजनामा यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र श्री बालाजी डाइमण्डले प्रायोजन गरेको हो।

‘हर्षोल्लासका साथ मनाइने नेपालीको महान चाडहरुमा यती एअरलाइन्समार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गर्न लागिएको हो। यात्रुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून् भन्ने उद्देश्य रहेको छ।’ कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले भने।

अफरमा सहभागी हुनका लागि यात्रुले विमानस्थलमा चेक-ईन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा राख्नुपर्ने प्रावधान रहेको उनले जानकारी दिए।

उनका अनुसार यात्रुले एकतर्फी यात्रा गर्दा एउटा र राउण्ड ट्रिप गर्दा चारवटा कुपन प्राप्त गर्न सक्नेछन् । ‘यती एअरलाइन्सको जहाजबाट जति धेरै यात्रा गर्नुहुन्छ त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने छ।’ उनले भने।

हाल कम्पनीले पाँचवटा एटिआर-७२ सिरीजकव जहाजमार्फत मुलुकको विभिन्न आठवटा गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

6835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?