जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दशैं अफरः मासिक २९ हजार किस्ता तिरेर स्कोडाको कुशाक चढ्न पाइने

दशैं अफरः मासिक २९ हजार किस्ता तिरेर स्कोडाको कुशाक चढ्न पाइने

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।

ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनेछन् । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दशैं योजना ल्याएको हो ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुनेछैन । र्यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

6615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?