जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरोशेयर खोल्नु सक्नुहुनेछ । अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।

साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ूशुभलाभ लगानी बचत खाताू खोली यो सुविधा उपभोग गर्न सक्नुहुनेछ जस अन्तर्गत ग्राहक महानुभावहरुले प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नुहुनेछ । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।

7340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?