जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • नवरात्रीमा नबिलसंग नवलगानी

नवरात्रीमा नबिलसंग नवलगानी

काठमाण्डौ श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले बडा दशैंको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी आफुले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम नौ (९) महिनाको लागि बार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिईने छ । यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गर्दै सेवा ग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्नसक्ने छन् ।
नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिन्छ भने विद्यमान लगानीकर्ताहरु तथा विभिन्न व्यवसायमा रहनु भएका व्यवसायीहरु र शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने जनाएको छ ।

यस सम्बन्धि अन्य जानकारीको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाण्डौ को फोन नम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सन नम्बर १११, १४१ मा सम्पर्क गर्नुहुन वा इमेल [email protected] मा आफ्नो जिज्ञासा राख्नु हुन अनुरोध गरिन्छ ।
हामीलाई आशा एवं विश्वास छ यो सुविधाबाट नेपालको शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुले यसको पूर्ण फाइदा लिनु हुनेछ । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि«य स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेण्ट बैंकिंग र मर्चेन्ट बैंकिंग सम्बन्धि सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।

4745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका