जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेस्ट हाउसका होटल तथा रिसोर्टमा १५% छुट पाउने

बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेस्ट हाउसका होटल तथा रिसोर्टमा १५% छुट पाउने

बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेस्ट हाउसका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट पाउने भएका छन् । यसका लागि दुबै कम्पनीबीच सम्झौता भएको हो ।

बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । साथै कला संग्रहालयको प्रवेश शुल्कमा ५०% र अन्य सेवा तथा सुबिधाहरुमा १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले काठमाण्डौं गेस्ट हाउसको म्यूजियम अफ नेपाली आट्र्स प्रवेशमा शुल्कमा ५०% छुट पाउनेछन् ।

साथै काठमाण्डौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५% छुट पाउनेछन् 

7205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका