जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • साताव्यापी कार्यक्रम गरेर १७ औं वार्षिकोत्सव मनाउदै शांग्रिला डेभलपमेन्ट बैंक

साताव्यापी कार्यक्रम गरेर १७ औं वार्षिकोत्सव मनाउदै शांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा गरिने साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ देखि २०७८ कात्तिक १३ गते सम्म विभिन्न कार्यक्रम गर्ने बैंकले जनाएको हो । 

बैंकका अनुसार कार्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने, ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच गर्ने, ९ गते  बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम गर्ने, १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर गर्ने, ११ गते नयाँ शाखा कार्यालय उद्घाटन गर्ने, १२ गते विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गर्ने र  १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम गरिने छ । 

यी कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।  

6845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?