जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच सम्झौता, रेमिटेन्स पठाउन नेपालीलाई सहज

माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच सम्झौता, रेमिटेन्स पठाउन नेपालीलाई सहज

विदेशबाट नेपालमा सहज र विश्वासिलोरुपमा रेमिटेन्स पठाउन माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग सम्झौता गरेको छ।

बैंकले मलेसियामा रहेका नेपालीहरुलाई रेमिटेन्स पठाउन सहज होस् भनेर सीबीएल मनी ट्रान्सफरसँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र सीबीएल मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सोमबारबाट रेमिटेन्स सेवा सुरु भएको बैंकले जनाएको छ।

मलेसियामा रहेका नेपालीले सीबीएल मनी ट्रान्सफरका १५ वटा शाखा र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरी पठाएको रेमिटेन्स आफ्ना १६५ वटा शाखा, ९९ वटा शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिटेन्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ।

बैंकले नेपाली कामदारहरूको सुविधाका लागि मलेसियाकै मोबाइल नम्बरमा आफ्नो मोबाइल बैंकिङ एपको सेवा पनि उपलब्ध गराएको छ।

1750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका