जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले ल्यायो नयाँ बचत खाता, १० लाखको बीमा सुविधा पाइने

मुक्तिनाथ विकास बैंकले ल्यायो नयाँ बचत खाता, १० लाखको बीमा सुविधा पाइने

मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ं दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

साथै, पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

6850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका