जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टरबिच सम्झौता भएको छ । सोवा हेल्थकेयरमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । 

यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५ प्रतिशत सम्म छुट पाउनेछन् । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।       

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  

7100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका