जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, ९२ करोड ३७ लाख रुपैयाँ पुग्यो नाफा

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, ९२ करोड ३७ लाख रुपैयाँ पुग्यो नाफा

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढेको छ। बैंककोफ खुद ब्याज आम्दानी २१.७० प्रतिशतले घटेपनि अन्य आम्दानीका कारण नाफामा सुधार देखिएको हो।

बैंकले सोमबार चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९२ करोड ३७ लाख रुपैयाँ पुगेको जनाएको छ। 

स्प्रेड दर ४.१४ बाट २.५९ प्रतिशतमा झरेका कारण खुद ब्याज आम्दानीमा गिरावट आएको हो।

बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा झरेको छ। बैंकले यो अवधिमा २ प्रतिशतले ऋण बढाएको छ। ग्राहकलाई जाने ऋण एक खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। 

5545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?