जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ४८ करोड ४५ लाख

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ४८ करोड ४५ लाख

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४८ करोड ४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यस्तो आर्जन ६० दशमलव २० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ६० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४० दशमलव ४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले १६ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४९.८९ गुणा रहेको छ ।

6040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका