जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको सीआरएन तथा डिम्याट नम्बर मोबाइल एपबाटै हेर्न सकिने

सिटिजन्स बैंकको सीआरएन तथा डिम्याट नम्बर मोबाइल एपबाटै हेर्न सकिने

सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरेपछि यस सेवाको सुरुवात गरेको जनाएको छ ।

यस सेवा प्रारम्भ भएसँगै प्राथमिक सेयर निश्कासनको समयमा आवश्यक सीआरएन नं याद गरिरहन पर्ने झन्झटबाट ग्राहक मुक्त हुने विश्वास बैंकले लिएको छ ।

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक, ई–क्यास पठाउने, रकम जम्मा गर्न ई–भौचर प्रयोग गर्ने लगायतका सुविधासमेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।

6805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका