जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकका ग्राहकहले स्पर्श मल्टि स्पेसियालिटीमा २५% सम्मको छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहले स्पर्श मल्टि स्पेसियालिटीमा २५% सम्मको छुट पाउने

सिद्धार्थ बैंक लिमिटेड र विरगञ्जको बहुअरी स्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभावहरुलाईअस्पतालको विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरी भुक्तानी गरे बापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

7510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका