
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) का सेयरधनीहरुले बैंकको गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश पाउने भएका छन्।
मंसिर १४ गते मंगलबार दिउँसो बसेको बैंकको ८७३औं संचालक समिति बैठकले सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकको चुक्ता पुँजी अहिले १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँमाथि छ। यसको ८ प्रतिशत ८२ करोड ५१ लाख ६१ हजार हाराहारी हुन आउँछ। त्यस्तै, नगद लाभांशका लागि बैंकले चार करोड ३४ लाखमाथि छुट्याएको छ।
लाभांशको निर्णय एनसीसीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराइसकेको छ। बैंकले अब राष्ट्र बैंकमा स्वीकृतिका लागि निर्णय पेश गर्ने र स्वीकृत भएपछि साधारणसभाबाट पारित गरेर वितरण गर्नेछ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































