जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एकैपटक १२ जना संस्थापकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छाड्दै

एकैपटक १२ जना संस्थापकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छाड्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी ८ लाख १६ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनी गोबिन्द कुमार श्रेष्ठको नाममा रहेको १० हजार ६९ कित्ता, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को १ लाख ९ हजार ६७८ कित्ता, शेर बहादुर गुरुङ्गको १२ हजार ४४५ कित्ता, भगत लाल श्रेष्ठको २७ हजार ६९१ कित्ता र ज्ञान कुमारी श्रेष्ठको २७ हजार ६९३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

यस्तै, पुष्प महर्जनको नाममा रहेको ५ हजार ७११ कित्ता, किशोर प्रसाद पौडेलको १ लाख कित्ता, राधा थापा क्षेत्रीको ३१ हजार १० कित्ता, बिन्दु कुमार थापाको ४ लाख ४६ हजार ७५४ कित्ता, मनिषा थापाको २१ हजार ८१९ कित्ता, कुमार थापाको १६ हजार ७८३ कित्ता र राजकुमार थापाको ६ हजार ६ सय कित्ता सेयर बिक्री गर्न लागेका हुन् । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका