जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता, यसरी सहजै रकम पठाउन सकिने

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता, यसरी सहजै रकम पठाउन सकिने

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र इसेवा सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी  निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरे।

सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरुबाट भुक्तानी हुनेछ। विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पठाएको पैसा इसेवामार्फत लिन सकिने विज्ञप्तिमा उल्लेख छ।

इसेवा उपभोग गर्न बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ। विज्ञप्तिका अनुसार त्यसपछि मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा कारोबार विस्तार गरेको ईसेवा र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

त्यो पैसा आरबीबी स्मार्ट एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ रेमिटेन्स पठाउन र पाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, इसेवामनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र वस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

4190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका