जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना

बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ ।

उक्त योजना अन्र्तगत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगदफिर्ता पाउनुहुनेछ । ग्राहक महानुभावहरुले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्गको मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ । यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ ।

यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ता महानुभावहरुले कारोबार गर्नुभएको मूल्यको २५% वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गर्नुभएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहक महानुभावहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नुहुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । नेपालीहरुको महान चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै, चाडपर्वहरु हर्ष उल्लासको साथ घरै बसि सुरक्षित तवर मनाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका