जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकद्वारा छत्रमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विधार्थीलाई सम्मान

नेपाल बैंकद्वारा छत्रमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विधार्थीलाई सम्मान

नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ । भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा सम्मान गरेको हो ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्व बिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयांको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्वबिद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिने गरेको बैंकले जनाएको छ ।

नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता बबिता ग्वाछालाई बधाई दिँदै सम्मान गरेका थिए ।

6535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका