जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकलाई एनबि बैंक गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

नबिल बैंकलाई एनबि बैंक गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

 नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबि) प्राप्ति गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले प्राप्तिका लागि सैद्धान्तिक सहमति दिएको हो।

नबिल बैंकले एनबि बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। नबिलले एनबिलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभ्ने छ।

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रकृया अगाडि बढ्ने छ। सबै काम सकेर असार मसान्तअघि एकिकृत कारोबार गर्ने  तयारीछ ।

आइएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मूख्य लगानीकर्ता विनोकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने टुंगो लागेपछि मर्जरको औपचारिक सहमति बनेको थियो। यद्यपी यो बिषयमा अदालतमा मुद्दा बिचाराधिन छ।

8205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका