जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मेगा बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

मेगा बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

मेगा बैंक नेपालले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी वीक २०२२’ अन्तर्गत बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म ७ वटै प्रदेशका शाखा कार्यालयमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जसमा कुल २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा मनाइनेसाप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य हो ।

राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।

डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायत अन्य वित्तीय जानकारीका सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति लक्षितवर्गलाई अभिप्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको थियो ।

ग्लोबल मनी वीक २०२२ कै सन्दर्भमा आइतबार काठमाडौंमा आयोजना गरिएको र्यालीमा समेत बैंकले सहभागिता जनाएको थियो ।

6575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?