जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकले एनएफआरएस ०९ इसीएल लागू गर्न गर्‍यो समझदारी

महालक्ष्मी विकास बैंकले एनएफआरएस ०९ इसीएल लागू गर्न गर्‍यो समझदारी

महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुसार एनएफआरएस ०९ : एक्सपेक्टेड क्रेडिट लस मोडल कार्यान्वयन गर्ने भएको छ।

बैंकले यसका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्टससँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापन अझ सुदृढ हुने तथा सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने बैंकको विश्वास छ।

यो मोडल कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्ड पूरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न र वित्तीय अनुशासन अभ्यासलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

2720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका