जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अमित अग्रवाल विरुद्ध साढे ७ करोडको राजस्वको मुद्दा, राजस्वले घरमै भेटाएको थियो डेढ करोड नगद

अमित अग्रवाल विरुद्ध साढे ७ करोडको राजस्वको मुद्दा, राजस्वले घरमै भेटाएको थियो डेढ करोड नगद

भारतीय नागरिक अमितकुमार अग्रवालले राजस्व छली गरेको आरोपमा ७ करोड ६० लाख रुपैयाँ बराबरको विगो र जरीवाना दाबी गर्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

विभागले बुधबार उच्च अदालत पाटनमा यो मुद्दा दायर गरेको हो। अग्रवाल भारत पश्चिम बंगाल सिलगुरीका हुन्। उनले काठमाडौंमा विमला इन्टरनेशनल कम्पनी स्थापना गरेर व्यवसायिक कारोबार गर्दै आएका थिए।

विभागका अनुसार सो फर्मले विल जारी नगरि अर्डर तथा इस्टिमेट बिल जारी गरेर सामान बिक्री गरेर राजस्व छलेको अनुसन्धानबाट पाइएको थियो।

उनले त्यो बिलबाट प्राप्त आयलाई आफ्नो व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरि ठूलो परिमाणको नगद घरमा राख्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको थियो। विभागको टोलीले छापा मार्दा १ करोड ८० लाख रुपैयाँ नगद बरामद भएको थियो।

अग्रवालले आयकर ऐन तथा भ्याट नतिरि राजस्व छलेको विभागले ठहर गरेको छ। विभागले भ्याट ३ करोड र आयकर ८० लाख रुपैयाँ बिगो र उक्त बिगोको शतप्रतिशत जरीवानासहित अभियोगपत्र दायर गरेको हो। अग्रवालको घरबाट विभागले १ करोड ५० लाख रुपैयाँ जफत गरेकोले दुई करोड ३० लाख ३१ हजार मात्रै असुल उपर गर्न र हदैसम्मको कैद सजाय समेत माग गरेको छ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?