जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तरलता अभाव घटाउन बैंकहरु सक्रिय, मेगा बैंकले भित्र्याउँदै छ ४० मिलियन डलर

तरलता अभाव घटाउन बैंकहरु सक्रिय, मेगा बैंकले भित्र्याउँदै छ ४० मिलियन डलर

केही समय अघिसम्म अधिक तरलताको कारण समस्यामा रहेका वाणिज्य बैंकहरु अहिले तरलता अभावको समस्यासँग जुधिरहेका छन् । लगानीयोग्य पुँजीको अभाव भएपछि विदेशबाट पैसा ल्याएर लगानी गर्ने काममा नेपालका वाणिज्य बैंकहरु लागि परेका छन् ।

यस क्रममा मेगा बैंक लिमिटेडले विदेशबाट ४० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ४ अर्ब ८० करोड लगानीयोग्य पुँजी भित्र्याउँदै छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीका अनुसार आज चैत्र मसान्तका दिन २० मिलियन डलर आउँदै छ । उनले भनिन्, ‘बैंकमा तरलता अभाव भयो । त्यसैले ४० मिलियन डलर विदेशबाट ल्याउँदैछौं । आज २० मिलियन डलर र हप्ता दिनभित्र बाँकी २० मिलियन डलर आउँदै छ ।’

खुञ्जेलीका अनुसार युएईको मसरुक बैंकबाट सस्तो ब्याजदरमा सो रकम ल्याउन लागिएको हो । हुन पनि पछिल्लो समय बैंकले ठुलो मात्रामा लगानी गरिरहेका छन् । चैत्र मसान्तको दिन मात्र ३५ देखि ४० अर्ब रुपैयाँ निक्षेप खाताबाट बाहिरिने अनुमान गरिएको छ ।

बैंकहरुका अनुसार यस बेला बैंकबाट बाहिरिएको पैसा सरकारले पुँजीगत खर्च नगरुन्जेलसम्म फेरि बैंकिङ प्रणालीमा भित्रिदैन् । त्यसैले आर्थिक वर्षको अन्तिम चौमास सुरु हुँदा बैंकमा तरलता अभाव हुने गर्छ ।

तरलता अभाव बढेको लक्षणकारुपमा इन्टर बैंक स्प्रेडदर ४ प्रतिशत पुग्नुले पनि देखाइसकेको छ । बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले अहिले बैंकहरुसंग तरलता अभाव बढेको र धेरै बैंकहरु बैकल्पिक श्रोतको खोजीमा लागेको बताए ।

5675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका