जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • हुन्डाईको ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर : १० लाख जित्ने अवसर, ८ लाखसम्म छुट

हुन्डाईको ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर : १० लाख जित्ने अवसर, ८ लाखसम्म छुट

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. दशैं र तिहारको अवसरमा विशेष अफर ‘दशैं–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ।

दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन हुन्डाई ले “दशैं–तिहार, १० गुणा उपहार” अफर घोषणा गरेको जनाएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्।

यस्तै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ। यसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउने कम्पनीले जनाएको छ।

यो अफर भदौ २ गतेदेखि सुरु हुने जनाइएको छ।

1575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका