जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • राष्ट्र बैंकको नीतिसँग प्रधानमन्त्री सहमत, बिलासिताका वस्तु आयात नगर्न अनुरोध

राष्ट्र बैंकको नीतिसँग प्रधानमन्त्री सहमत, बिलासिताका वस्तु आयात नगर्न अनुरोध

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै बिलासिताको वस्तु आयात नगर्न व्यवसायीसँग आग्रह गरेका हुन् ।

‘हाल नेपालले धेरै आयात गरिरहेको छ । कच्चा पदार्थ ल्याएर देशमै तपाईँहरु उद्योग लगाउनुहोस् सरकार सहयोग गर्न तयार छ, बिलासिताका वस्तुको आयात रोक्नुहोस्,’ प्रधानमन्त्री देउवाले भने ।प्रधानमन्त्री देउवाले वस्तुको सुख्खा बन्दरगाहले जाँचपासमा सहज बनाउने व्यापारले प्रभावकारीसँगै लागत कम बनाउने र आयात निर्यातमा टेवा पुग्ने जिकिर गरे ।

अर्थमन्त्री जनार्दन शर्माले समुन्द्रबाट सिधै सडकमा जोडिएको बताउँदै अबदेखि व्यवसायीको लागत कम र सहज हुन बताए।
आयातमुखी देश बन्दै गएकाले आगामी दिनमा कृषिजन्य वस्तु निर्यातमा जोड दिनुपर्ने उल्लेख गरे।

इन्टरमोडलका कार्यकारी निर्देशक आशिष गजुरेलले अबदेखि सहज तरिकाले आयात निर्यात हुने बताए ।

उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंको बन्दरगाहले व्यवसायीलाई सहज हुने बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आयात तथा निर्यातमा सहज बनाउने बन्दारगाहमा अन्तराष्ट्रिय स्तरको क्वारेन्टिन र कोल्ड स्टोरको व्यवस्था गरी प्रवद्र्धन गर्नुपर्ने बताए।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बन्दारगाह निर्माणले कोशेढुङ्गा सावित भएको बताए । नेपालको पूर्वाधार निकै कमजोर भएकाले मूल्य निकै महंगो भएको बताउँदै आयात तथा निर्यातमा यस बन्दरगाहले सहयोग पुर्याउने जिकिर गरे।

6060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका