जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राससका अध्यक्ष अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश

राससका अध्यक्ष अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश

सर्वोच्च अदालतले राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामललाई कामकाजमा रोक नलगाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।

सरकारले बर्खास्त गरेपछि अधिकारीले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई २८ चैतमा छलफलमा बोलाएको छ ।

अन्तरिम आदेश छलफलबाट निर्णय नहुन्जेल सरकारको निर्णय कार्यान्वयन नगर्न र अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश दिएको हो ।

3330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका