जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई लाइफको चौथो साधारणसभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव, कहिले आउला सेयर

आइएमई लाइफको चौथो साधारणसभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव, कहिले आउला सेयर

आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने (आइपीओ) प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरेको छ।
कम्पनीको चौथो वार्षिक साधारणसभाले अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण काम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पनि साधारणसभाले पारित गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष डा. रामहरी अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतना, दक्ष जनशक्ति र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिएर अघि बढिरहेका बताएका छन्।

बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून आयस्रोत भएका व्यक्तिहरुमा समेत पुर्‍याउन कटिबद्ध रहेको उनले बताए।

साधारणसभाले आइपीओ प्रस्ताव पारित गरेसँगै अब कम्पनीले यसका लागि प्रक्रिया अघि बढाउनेछ। यद्यपि, सेयर कहिलेसम्ममा जारी गर्ने योजना छ भन्ने चाहिँ कम्पनीले खुलाएको छैन।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका