जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक 

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक 

ग्राहकहरुले नेपालपे क्युआर स्क्यान गरी सेल्सवेरीमा भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त गर्ने भएका छन्। उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सवेरीको स्टोरहरुमा फाल्गुण ५ गतेवाट फाल्गुण २० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त अफरमा ग्राहकहरुले सेल्सवेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको DYNAMIC QR स्क्यान गरी भुक्तानी गरी प्रति दिन एक कारोवारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफर अवधिभरि ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोवाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालपे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने नेपाल- क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्युआरमा ४ लाख ६५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आवद्ध गरेका छन् ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका