जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • गोल्डस्टारको जुत्ता किनेर आइएमई पे बाट पैसा तिर्दा ३० प्रतिशत छुट पाइने

गोल्डस्टारको जुत्ता किनेर आइएमई पे बाट पैसा तिर्दा ३० प्रतिशत छुट पाइने

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । 

सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि ३ सय रुपैयाँ सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।  

शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेभ चेकआउटमा ३० प्रतिशत देखि ३ सय रुपैयाँ  सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआर मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।  

उक्त योजनाको बारेमा बोल्दै आइएमई पे का सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले “आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए । साथै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले भने, “आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु ।

5295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्