जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • रिलायन्स लाइफको तेस्रो त्रैमासिकसम्म नाफा ८२ प्रतिशतले वृद्धि

रिलायन्स लाइफको तेस्रो त्रैमासिकसम्म नाफा ८२ प्रतिशतले वृद्धि

 रिलायन्स लाइफको नाफा ८२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको  तेस्रो त्रैमासिकमा  नाफा बढेर १२ करोड ४ लाख रुपैयाँ भएको छ।

गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ६ करोड ५८ लाख थियो। २ अर्ब  १० करोड चुक्ता पुँजी रहेको कम्पनीको खुद बीमा शुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा एक अर्ब ८४ करोड थियो।

कम्पनीको  जगेडा कोषमा २१ करोड ३७ लाख २८ हजार छ। गत वर्ष सोही अवधिमा २० करोड ५७ लाख रुपैयाँ थियो। जीवनबीमा कोषमा ३ अर्ब ६७ करोड छ। गत वर्ष सोही अवधिमा जीवनबीमा कोषमा २ अर्ब २६ रुपैयाँ जम्मा भएको थियो।

कम्पनीको दाबी भुक्तानी ५९ करोड ५७ लाख रुपैयाँ छ। गत वर्षको त्रैमासमा कम्पनीको २१ करोड ४८ लाख रुपैयाँ खुद नाफा थियो। साथै अभिकर्ता कमिसन ३३ करोड ९० लाख रुपैयाँ छ। अघिल्लो वर्ष ३० करोड रुपैयाँ थियो। कम्पनीले आइपीओ पनि जारी गर्न बाँकी छ।

4700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्