जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नबिल र एनबि बैंक मर्जर रोक्न परेको रिट कामु प्रधानन्यायाधीशसहितको इजलासमा, के आउला फैसला?

नबिल र एनबि बैंक मर्जर रोक्न परेको रिट कामु प्रधानन्यायाधीशसहितको इजलासमा, के आउला फैसला?

नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ।

एकल इजलासले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर आदेश दिएको थियो। दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास डाकिएको थियो। इजलासले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जर तुहिने छ। नदिएमा प्रकृया अगाडि बढ्ने छ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो।

दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन्। अदालतको आदेशपछि अहिलेलाई मर्जर प्रकृया स्थगित भएको छ।

एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ। यो सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ।

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्