जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • नेपाल लाइफद्धारा १ करोड ७४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा १ करोड ७४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले उक्त परिवारलाई बीमा दाबी वापत १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको हो ।

शाखा कार्यालय नारायनगढमा कमलराज लम्सालले १ करोड ४ लाख ५० हजार रुपैयाँको सुरक्षित बीमा अन्तर्गत अर्धवार्षिक प्रिमियम ६ किस्ता वापत ३३ लाख २० हजार ३ सय १० रुपैयाँ भुक्तानी गरेका थिए ।

उनको यही असार ९ गते दुर्घट्नामा परी मृत्यु भएको दावी वापतको १ करोड ४ लाख ५० हजार दोहोरो दुर्घट्ना लाभ वापत, ५० लाख र आर्जित २० लाख ३७ हजार ७५० गरी जम्मा १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ चेक उनको श्रीमति संगिता लम्साललाई दिएको कम्पनीले जनाएको छ ।

उक्त रकम शाखा प्रमुख अनन्त अधिकारीले हस्तान्तरण गरेका हुन् ।

7300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका