जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम

प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम

प्रभु वैंकको गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा शनिवार पोखरामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रादेशिक कार्यालयको परिसरमा सम्पन्न उक्त कार्यक्रममा ७५ जनाले रक्तदान गरेको वैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा प्रभु वैंक लि। प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचन, क्षेत्रीय रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा निर्देशक डा.रामशरण खरेल, विभिन्न  वाणिज्य बैंकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो । वैंकले आगामी दिनहरुमा पनि प्रादेशिक तथा शाखा कार्यालयहरुबाट यस्तै सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने वताइएको छ ।

4810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका