जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ५ अर्बको ऋणपत्र जारी गर्दै सिभिल बैंक, वार्षिक ११ प्रतिशत ब्याज

५ अर्बको ऋणपत्र जारी गर्दै सिभिल बैंक, वार्षिक ११ प्रतिशत ब्याज

सिभिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘सिभिल बैंक ऋणपत्र २०८४’ जारीका लागि माग गर्दै असार १६ मा आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

वार्षिक ११ प्रतिशत ब्याज प्राप्त हुने यो ऋणपत्रमा गरेको लगानी पाँच वर्षमै फिर्ता हुनेछ। बोर्डबाट निष्कासन अनुमति पाएपछि बैंकले उक्त रकमबराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ।

त्यसमध्ये ३० लाख कित्ता ऋणपत्र व्यक्ति तथा संस्थाहरुलाई सोझै बिक्री गरिनेछ। बाँकी २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

5515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?