जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव, नयाँ शाखा पनि सञ्चालन

ज्योति विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव, नयाँ शाखा पनि सञ्चालन

ज्योति विकास बैंकले मंगलबार स्थापनाको १५ औं वार्षिकोत्सव कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ । बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्व उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले स्वागत मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गरेका हुन् । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो ।

नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।

कार्यक्रममा बैंकमा १० वर्षदेखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदर–पत्र प्रदान गरेका हुन् ।

१५ औं वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजरमा राखी १५ रुपैंयामा अतुलनीय विशेषता सहितको ‘सुपर स्मार्ट सेभिङ अकाउन्ट’ सार्वजनिक गरेको छ । साथै यहि अवसरमा साउन १४ सम्म ज्योति विकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई एक सय ५० बोनस तथा खल्ती एपसंग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई एक सय रुपैयाँ बोनस प्राप्त हुने व्यवस्था समेत मिलाएको छ ।

१५ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरेको छ ।  रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग र कर्मचारीहरुका लागि निःशुल्क मेहेन्दी कार्यक्रम पनि आयोजना गरेको छ ।

845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका