जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओमा नाम सिफारिस भएका तीनमध्ये झापाका रमेश घिमिरे नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओमा नाम सिफारिस भएका तीनमध्ये झापाका रमेश घिमिरे नियुक्त

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा रमेश घिमिरेलाई नियुक्त भएका छन्। सिफारिसमा परेका तीनमध्ये मन्त्रिपरिषद्को बैठकले झापाको शिवसताक्षी नगरपालिका-२ का घिमिरेलाई नियुक्त गरेको हो।

अर्थ मन्त्रालयले कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा घिमिरेसँगै मोरङको विराटनगर-१५ का रमेश दाहाल र काठमाडौंको टोखाका कविराज अधिकारी थिए।

कोषले बैंक तथा वित्तीय संस्थाबाट जारी गरिएको कर्जाको अवस्था हेरी सुरक्षा प्रदान गर्ने गरेको छ। कोषमा निर्देशक बन्न ५ जनाको कार्यपत्र र अन्तर्वार्ता लिइएको थियो।

जसमध्ये धेरै अंक ल्याउने तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइएको थियो। कोष राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्र बैंकको सहभागितामा सञ्चालित छ।

4880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?