जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ट्रेजरी बिलको ब्याज दर ११.८० प्रतिशत

ट्रेजरी बिलको ब्याज दर ११.८० प्रतिशत

अघिल्लो साताको दिनको तुलनामा ट्रेजरी बिलको ब्याज (बट्टा दर) केही घटेको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ९१ र १८२ दिने ट्रेजरी बिलको ब्याज दर १२ प्रतिशतभन्दा तल आएको छ।

अघिल्लो साता जारी गरिएको ९१ दिने ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशत पुगेको थियो।

सोमबारको दर ९१ दिनको ११.८० प्रतिशत कायम भएको छ। यद्यपी यो निक्कै माथि हो। १८२ दिनको ट्रेजरी बिलको अधिकतम दर १०.९९ प्रतिशत कायम भएको छ।

राष्ट्र बैंकले यो नविकरण गरेको ट्रेजरी बिल हो। राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरेको हो।

अहिले स्थायी तरलता सुविधा र अन्तर बैंक सापटी दर ८.५ प्रतिशत पुगिसकेको छ। स्थायी तरलता सुविधा बापत सापटी लिएर बैंकहरुले महँगो दरको ट्रेजरी बिलमा लगानी गरिरहेका छन्।

९१ दिनको ट्रेजरी बिलको औषत ब्याज ११.६९ प्रतिशत छ भने १८२ दिनको १०.९९ प्रतिशत कायम भएको छ। कुल १६ अर्बको लागि दाबी परेको थियो।

4815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?