जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कुमारी बैंकको वितरणयोग्य मुनाफामा ६२% को छलाङ

कुमारी बैंकको वितरणयोग्य मुनाफामा ६२% को छलाङ

कुमारी बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ प्रतिशत बढेको छ। बैंकले गत असार मसान्तसम्म खुद २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ। यो अघिल्लो असारमा १ अर्ब ९७ करोड रुपैयाँमा सीमित थियो। यो ४३.८७ प्रतिशतको वृद्धि हो।

नाफासँगै वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार छ। ६२ प्रतिशत बढ्दा गत आर्थिक वर्षको अन्त्यसम्म बैंकसँग १ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ।

यस अवधिमा बैंकको आम्दानीमा पनि सन्तोषजनक वृद्धि देखिन्छ। २६ प्रतिशतले खुद ब्याज आम्दानी बढेको हो। फी तथा कमिसनमा पनि सामान्य सुधार छ।

सोही अवधिमा बैंकको कर्जा परिचालनमा पनि ११.२२ प्रतिशतको वृद्धि देखियो। कर्जासँगै जोखिमपूर्ण कर्जाहरु पनि बढेका छन्। बैंकले यस्ता कर्जाको जोखिम व्यवस्थापन गर्न ५६ करोड २२ लाख रुपैयाँ छुट्याएको छ। पोहोर असारमा यस शीर्षकमा ४७ करोड ५२ रुपैयाँ रकम छुट्याएको थियो।

यसका बाबजुद बैंकको संचालन मुनाफा साढे ३२ प्रतिशत बढेको देखिन्छ। निक्षेप संकलन सोही अवधिमा २१ प्रतिशत भन्दा धेरै बढ्यो।

खुद नाफामा देखिएको वृद्धि प्रति सेयर आम्दानी पनि देखिन्छ। ५ रुपैयाँले बढेर गत आर्थिक वर्षको अवधिमा बैंकको प्रति सेयर आम्दानी १९.२७ रुपैयाँ छ। सो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १४४.०१ रुपैयाँ छ।

3620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका